प्रिमियरले आयोजना गर्यो नेपालको पहिलो विद्यालय स्तरीय टेडएक्स कार्यक्रम

ललितपुर/२३ कार्तिक – प्रिमियर इन्टरनेशनल आईबी कन्टिनियम स्कुलले नेपाल कै पहिलो विद्यालय स्तरको टेडएक्स कार्यक्रम टेडएक्स प्रिमियर इन्टरनेशनल स्कुल आयोजना गरेको छ । उक्त कार्यक्रमले “महानता यहाँ सुरु हुन्छ” विषयवस्तुमा आधारित भई युवा विचार, सिर्जनशीलता र विश्व नागरिकताको भावनालाई एकै मञ्चमा ल्याएको छ ।


कार्यक्रममा ६ जना विद्यार्थी वक्ता थिए, जसले स्कूलको तीनै तह— प्राईमरी यर्स प्रोग्राम (पिवाइपी), मिडल यर्स प्रोग्राम (एमवाईपी)र डिप्लोमा प्रोग्राम (आईबिडिपी)लाई प्रतिनिधित्व गरेका थिए ।


विद्यार्थी वक्ताहरूमा दर्शनीका न्यौपाने (पिवाईपी ५), ज्योत्सना खड्का (एमवाईपी १), आयुष्यमान अग्रवाल (एमवाईपी ३), सौर्य श्रेष्ठ (कक्षा १०), मन्त्र पोखरेल (कक्षा १०) र हृदिमा अग्रवाल (आईबिडिपी १) रहेका थिए । हरेक विद्यार्थीले साना कुराबाटै प्रेरणा र प्रभाव सुरु हुन्छ भन्ने मुल सन्देशका साथ साहस, सहानुभूति, आफूभित्रको आवाज र अडानको आफ्ना अनुभव बाँडेका थिए ।


यसैगरी कार्यक्रममा ५ अतिथि वक्ताहरूले आफ्ना विचार,सङ्घर्ष र सफलताको अनुभव सुनाएका थिए । अतिथि वक्ताहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मिडिया व्यक्तित्व सुगरिका केसी, डा. सुनिता घिमिरे गौतम (२०२४ ओडब्लुएसडी, अर्ली करियर फेलो), सामाजिक उद्यमी विक्रान्त पाण्डे (फाईट व्याक नेपाल), उजाय शाक्य (आउटरिच नेपालका संस्थापक) र नेपाल विज्ञापन संघका उपाध्यक्ष सामेल थिए । अतिथि वक्ताहरूले नेतृत्व, सामाजिक सेवा, विज्ञान र सञ्चारका विषयमा उदाहरणीय विचारहरू प्रस्तुत गरेका थिए ।


कार्यक्रमको अन्त्यमा प्रिमियरकी संस्थापक निर्देशक पवित्र लिम्बूले टेडएक्स जस्ता प्लेटफर्महरूले विद्यार्थीहरूलाई नयाँ विचार पत्ता लगाउन, ती विचार साझा गर्न र कक्षाकोठा भन्दा बाहिरको जीवनका लागि तयार हुन सहयोगी हुने बताइन । कार्यक्रम एउटा बौद्धिक र भावनात्मक यात्रा थियो — र हामी खुसी छौँ कि यसले विद्यार्थीहरूलाई अग्रगामी सोचका साथ अगाडि बढ्न प्रेरित ग¥यो” उनले भनिन् ।


टेडएक्स र प्रिमियर दुबैले साझा गर्ने मूल्य—सृजनशीलता, नवप्रवर्तन र ग्लोबल नागरिकता—यस मञ्चबाट स्पष्ट भएको उनको भनाई थियो ।