एसईईको परीक्षा आवेदन फाराम खुला


काठमाडौँ /१७ कार्तिक – राष्ट्रिय परीक्षा बोर्डले २०८२ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई०को परीक्षा आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूका लागि एसइइमा समावेश हुन आवेदन खुला गरेको हो ।


साथै माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेत परीक्षा फाराम भर्नुपर्ने छ ।


यही कार्तिक १७ गतेदेखि २०८२ मंसिर १६ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर पाँच सय सहित आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।