काठमाडौँ /६ असोज – शिक्षा वित्रान तथा प्रविधि मन्त्री राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन बनेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेको हो ।
सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेले उनिसहित चार मन्त्रीको शपथ गराएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुनलाई प्रधानमन्त्री कार्कीले शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् ।