काठमाडौं / ४ बैशाख – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) रुपन्देहीले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन एवं राहत कोषका लागि प्रदेश ५ सरकारलाई आज एक लाख एकाउन्न हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
हिसान रुपन्देही समितिले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन सम्बन्धी विपद् व्यवस्थापन कोषमा उक्त रकम सहयोग प्रदान गरेको हो ।
हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल,उपाअध्यक्ष दिनेश भुषाल,सचिव पुष्पा घिमिरे,कोषाध्यक्ष तुल्सि सापकोटा र सदस्य बाबुराम बञ्जाडेले संयुक्त रुपमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्र्तगत सो रकम हस्तान्तरण गरेको हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारि दिए । साथै संघिय सरकारलाई पनि केन्द्रीय हिसान मार्फत हिसान रुपन्देहीले आर्थिक सहयोग प्रदान गर्ने र आगामी दिनमा पनि आफ्ना सदस्य बिद्यालयहरुमा क्वारेन्टाइन लगायत अन्य सहयोगहरु प्रदेश ५ सरकारलाई गर्न सकिने हिसान रुपन्देहीले जनाएको ।
साथै कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन एवं राहत कोषका लागि सहयोग गरेकोमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले हिसान रुपन्देहीलाई धन्यवाद व्यक्त गर्नु भयो ।