काठमाडौं / ४ बैशाख – कोरोनाभइरस संक्रमणको कारण सरकारले घोषणा गरेको लकडाउनसंगै शैक्षिक सत्र २०७७ मा विद्यालय खुल्ने अझै अनिश्चित जस्तै छ । याहि समस्यालाई मध्यनजर राख्दै नेक्सस इन्टरनेसनल एकेडेमीले अनलाईन कक्षाको व्यवस्था मिलाएको छ ।
लामो विदाका कारण विद्यार्थीहरुको पढाइमा कुनै पनि असर नपरोस र उनिहरुको पढाइमा निरन्तरता होस भनेर अनलाईन कक्षा सञ्चालन गरेको नेक्सस इन्टरनेसनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कट्वालले जानकारि दिए । विगतका वर्ष देखिनै अनलाइन कक्षाको सञ्चालन गरिएता पनि लकडाउनसंगै यसको प्रभावकारिता र महत्व अझ बढेको कट्वालले वताए ।
लकडाउन अवधिभर विद्यार्थीहरुले अनलाईन कक्षाबाट आफुले घरमा रहदा गरेका सृजनशील कार्य सबै साथीहरुलाई अनलाइन बाटै देखान पाउने छन् भने विद्याथीहरुका लागि समयको सही सदुपयोग गर्ने अवसर पनि हो ।
अनलाइन कक्षामा विद्यार्थीहरुका लागि शिक्षक शिक्षिकाहरुले राखेका विषयगत पाठ्य सामग्री पढेर र श्रव्य–दृष्य हेरेर गृहकार्य गर्ने, आफ्नो काम अपलोड गर्ने, समस्याहरु राख्ने, गुगल मिटमा शिक्षकहरुले सन्चालन गर्ने प्रत्यक्ष भिडियो कक्षामा सहभागी हुने सुविधा पाउने छन् ।
अहिले नेक्सस इन्टरनेसनल एकेडेमीले प्रत्येक दिन विद्यार्थीलाई समयतालिका उपलब्ध गराएर कक्षा १ देखि १० सम्मका अनलाइन कक्षा संचालन गरिरहेको छ । यसका लागि शिक्षक शिीक्षकहरुले अनलाइनबाटै कक्षा सञ्चालन गरिरहेको स्कुलले जनाएको छ ।
लकडाउन लम्बिदै गएपछि शिक्षा मन्त्रालयले समेत अनलाईन कक्षाको गृहकार्य गरिरहेको बेला काठमाडौका धेरै स्कुल र कलेजले अनलाईन कक्षाको सुरु गरिसकेका छन् ।