काठमाडौं/२१ साउन – शिक्षक सेवा आयोग, माध्यमिक तह तृतीय श्रेणी, सामाजिक अध्ययन विषयको नतिजा सार्वजनिक गरेको छ ।
गत जेठ ३१ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षामा सम्मिलित भएकामध्ये उत्तीर्ण भएका उम्मेदवारहरूको नतिजा रोल नम्बरको क्रम अनुसार प्रकाशन गरिएको हो ।
नतिजा तथा अन्तर्वार्ता सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट : www.tsc.gov.np मार्फत हेर्न सकिन्छ ।



