माउन्ट एभरेस्ट मावि गौरादहका रिदमलाई यतिधेरै माया दिएपछि

गौरादह/१९ साउन – माउन्ट एभरेस्ट माध्यमिक विद्यालय गौरादह १ मा कक्षा ६ मा अध्ययनरत रिदम खड्का गायन प्रतिस्पर्धा “द भोइस अफ किड्स नेपाल सिजन ४“ को फाइनल चरणमा पुगेका छन् । हिमालय टेलिभिजन मार्फत प्रसारित बाल कलाकारहरू बिचको गायन प्रतिस्पर्धामा टिम सत्यबाट फाइनलमा पुग्न सफल भएका हुन् ।


शनिवारको प्रस्तुतिमा आफूलाई गौरादहका आम दर्शकहरूले साथ र सहयोग गर्दै यहाँसम्म पुर्‍याएकोले अब आफू यहाँभन्दा अघि बढे/नबढे पनि त्यसलाई आफूले स्वीकार गर्ने अभिव्यक्ति दिएका थिए ।


अध्ययनमा उत्तिकै अब्बल रिदमले सानै उमेरदेखि विद्यालयमा आयोजना हुने गायन प्रतिस्पर्धामा उत्कृष्ट बन्दै आएका थिए । अन्तत उक्त चरणमा उनी आफूलाई अब्बल तुल्याउदै छनौट हुन सफल भएकाछन् ।


आफ्नो कलालाई निखार्नेक्रममा हालआएर उनी “द भोइस अफ किड्स सिजन ४ “ को फाइनल स्पर्धा सम्म पुगेकाछन । यता रिदम लाई फाइनल चरणसम्म पुर्‍याउन गौरादहका नागरिकहरूले देश विदेशबाट महत्वपूर्ण सहयोग जुटाउदै आएकाछन् । छनौट चरण पश्चात् गौरादह नगरपालिका वडा न १ को सभाहलमा “रिदम जिताऔँ अभियान “ भन्दै एक समिति गठन गरिको थियो ।


रिदम अध्ययनगर्ने माउन्ट एभरेस्ट माविका प्रिन्सिपल नारायण घिमिरेले रिदम अब माउन्ट एभरेस्ट माविको मात्र नभएर सम्पूर्ण झापालीको गौरव भएकोले उनलाई उत्कृष्ट बनाउन सम्पूर्णमा अनुरोधगर्दै आफूहरू उनलाई जिताउन निरन्तर लागिपरेको जनाएकाछन् ।


युवराज रेग्मी, झापा