संस्थागत विद्यालय बन्द गरेर शिक्षक आन्दोलनलाई साथ दिन महासंघको आग्रह

काठमाडौं/७ बैशाख – चैत २० गतेदेखि सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षक आम हड्तालको अभियानलाई साथ दिन संस्थागत विद्यालयहरुसँग आग्रह गरेको छ । आन्दोलनलाई अन्तिम र निर्णयक बनाउन सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा असनवार्य जुट्न आग्रह गर्दै विद्यालय बन्द गरेर साथ दिन संस्थागत विद्यालयहरुसँग आग्रह गरेको हो ।


आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रड बृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन समेत महासंघले शिक्षकहरुसँग आग्रह गरेको छ । साथै आउँदै गरेको कक्षा १२ को परीक्षामा समेत संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई अनुरोध गरेको छ ।