धेरै दिन शिक्षकलाई सडकमा छोड्नु उचित होइन : सांसद मिश्र

काठमाडौँ /२५ फागुन – राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित नहुने बताएका छन् । आइतवार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै यस्तो बताएका हुन् ।


उनले देशभरीका शिक्षकहरू आन्दोलनमा रहेको बताउँदै उनिहरूको समस्या समाधान बार्ताबाट गर्नुपर्ने बताए । तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर पछि ति सहमतिलाई ऐन नियमनमा नसेट्दा विश्वसनीयता नदेखिएकोले शिक्षक सडकमा आएको उनको भनाई छ ।


उनले भने ‘देशभरीका शिक्षकहरू आन्दोलनमा छन् । उनिहरूका समस्या ध्यान दिएर वार्ताबाट समस्याको समाधान गरौँ । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन । तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने, पछि ति सहमतिलाई ऐन नियमनमा नसेट्दा विश्वसनीयता देखिदैन ।’