काठमाडौं/१४ फागुन – विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीहरूलाई अमेरिकन विश्वविद्यालयहरूले भर्नामा कटौती गर्न थालेका छन् । ड्रप आउट गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि कडाई गर्न थालेका हुन् ।
पछिल्लो समयमा अमेरिकाको राइट स्केट विश्वविद्यालयले नेपाली विद्यार्थीको भर्नालाई लिएर सूचना नै जारी गरेको छ । त्यसैगरी अन्य धेरै विश्वविद्यालयहरूले सूचना जारी नगरेपनि नेपाली विद्यार्थीहरूलाई कडा निगरानी गर्ने गरेको र भर्ना नलिने अवस्था रहेको पाइएको छ ।
साथै दक्षिण एसियाबाट अध्ययनमा जाने विद्यार्थीहरू जनवरी इनटेक देखिनै भर्नामा कडाइ गदै आएका छन् । उनिहरूले विद्यार्थीको आर्थिक अवस्था बुझने, अध्ययनमा गएर बढ्न सक्छन् की सक्दैनन् भनेर आर्थिक आम्दानी हेर्ने लगायतका विषयमा कडाई गरेका छन् ।



