अस्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि १११ भिसा लागु

अस्ट्रेलिया/५ पुस – अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि मन्त्रीस्तरीय निर्देशनसहित एमडी १११ लागु गरेको छ । गृह मामिला विभागले विद्यार्थी भिसा प्रक्रियालाई व्यवस्थित र न्यायोचित बनाउन यो निर्देशन लागु गरेको हो ।


२०२४ डिसेम्बर १९ देखिनै लागु गर्ने गरी यसलाई कार्यान्वयनमा ल्याइएको छ । यस भन्दा पहिला लागु गरिएको मन्त्रीस्तरीय निर्देशन १०७ लाई प्रतिस्थापन गर्दै एमडी १११ लागु गरिएको छ ।


नेपालबाट भेट कलेजमा विद्यार्थीहरूलाई भिसा वगात दुई वर्षदेखि दिन बन्द जस्तै गरिएकोमा नयाँ निर्देशन लागुसँगै विद्यार्थीले भिसा पाउनसक्ने सम्भावना धेरै देखिएको छ । १०७ भिसा लागु हुँदा देश र भेट कलेजहरूको जोखिमको स्तर १,२ र ३ भनेर तोकिएको थियो । नेपाल यसमा उच्च जोखिमको स्तर ३ मा राखिएको थियो । त्यसैले नेपालबाट अस्ट्रेलियाको तह २ र ३ को कलेज वा विश्वविद्यालयमा आवेदन दिँदा भिसा प्रक्रिया एकदमै ढिला हुने, कठिन हुने र भिसा नलाग्ने गरेको थियो ।


अहिलेको निर्देशनले कुनै पनि देशको प्राथमिकताको आधारमा नराखि हरेक देश र हरेक कोर्सहरूलाई एउटै स्तरमा राखिएको छ । तर यो व्यवस्थाले भाषाको मापदण्ड र देखाउनुपर्ने आर्थिक आम्दानीलाई भने कुनै परिवर्तन गरेको छैन ।


थप जानकारीका लागि गृह मामिला विभागको वेबसाइट https://www.homeaffairs.gov.au मा हेर्न सकिन्छ ।