काठमाडौं/३० साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ सात गणित शिक्षण अन्तर्गत बीजगणितबाट नमूना विषयगत प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : बीजगणितीय अभिव्यञ्जनकको जोड, घटाउ, गुणन, भाग, सरलीकरण तथा समीकरण
हेर्नुहोस प्रश्नोत्तर
१. बीजगणितीय अभिव्यञ्जनको जोड भनेको के हो ? बीजगणितीय अभिव्यञ्जनको जोड शिक्षण गर्दा प्राथमिक तहमा कस्ता व्रिmयाकलाप गर्नु पर्छ ? उदाहरण सहित लेख्नुहोस् ।
२. बीजगणितीय अभिव्यञ्जनको घटाउ भनेको के हो ? प्राथमिक तहमा बीजगणितीय अभिव्यञ्जनको घटाउ शिक्षण गर्दा कुन विधि सबैभन्दा उपयुक्त हुन्छ ? कारण लेख्नुहोस् ।
३. बीजगणितीय अभिव्यञ्जनको गुणन भनेको के हो ? बीजगणितीय अभिव्यञ्जनको गुणन शिक्षण गर्दा प्राथमिक तहका कक्षामा कस्ता व्रिmयाकलापहरु अपनाउनु पर्छ ? उदाहरण सहित लेख्नुहोस् ।
४. बीजगणितीय अभिव्यञ्जनको भाग भनेको के हो ? बीजगणितीय अभिव्यञ्जनको भाग शिक्षण गर्दा कुन विधि उपयुक्त मानिन्छ ?
५. बीजगणितीय अभिव्यञ्जनको सरलीकरण र समीकरण भनेको के हो ? प्राथमिक तहमा बीजगणितीय अभिव्यञ्जनको सरलीकरण र समीकरण शिक्षण गर्दा अपनाउने व्रिmयाकलापहरु लेख्नुहोस् ।



