काठमाडौँ /१७ साउन – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह एल. एल. बी. (नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार) प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको छ ।
वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ को २०८१ सालमा सञ्चालन हुने वर्षे स्नातक तह एल एल बी. पुरानो पाठ्यक्रम अनुसार आंशिक तर्फ र नयाँ पाठ्यक्रम अनुसार नियमित तथा आंशिक प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूका लागि फाराम खुला गरिएको जनाएको छ ।
परीक्षार्थीहरूले यही साउन १३ गते देखि भाद्र १ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित फारम भर्न सक्ने छन् ।
परीक्षा आवेदन फारम सम्बन्धमा
क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पुराइ आफैले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि. वि.प.नि.का. जवाफदेही हुने छैन ।
ख) आंशिक परीक्षार्थीहरूले परीक्षा आवेदन फारम माथि अघिल्लो पटकको रो. नं. अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
ग) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको साधारण पोसाकमा पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
घ) परीक्षा सञ्चालन अवधि सम्म प्रवेशपत्रको प्रतिलिपि लिन परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेस गर्नुपर्नेछ ।
ङ) २०७२ मा भर्ना भई २०७३ सालको प्रथम वर्षको परीक्षामा पहिलो पटक सामेल भएकाहरूको लागि यो परीक्षा अन्तिक पटक हुनेछ ।
परीक्षा आवेदन फारम भर्ने म्याद र शुल्क सम्बन्धमा
क) काठमाडौँ उपत्यकाका क्याम्पसहरूले त्रि.वि.प.नि.का. को नाममा बैँक भौचर २ दिनभित्र परीक्षा आवेदन फारम सहित अनिवार्य रूपमा त्रि.वि.प.नि.का.बल्खुमा बुझाई सक्नुपर्नेछ । उपत्यका बाहिरका क्याम्पसहरूले पनि उक्त बैँक भौचर बनाएको २ दिनभित्र परीक्षा आवेदन फारम सहित बुझाई सक्नुपर्नेछ ।