काठमाडौं/१७ साउन – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास र शिक्षाको लागि हिमाल, पहाड र तराई क्षेत्रमा समावेशी ड्रइङ डिजाइन सार्वजनिक गरेको छ । प्रारम्भिक बालविकास र शिक्षाको लागि केन्द्रले तयार गरेको उक्त सामग्रीमा सझावका लागि सार्वजनिक गरेको हो ।
प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय मापदण्ड अनुरुप कार्यन्वयनका लागि सहज बनाउन तथा कक्षाकोठालाई थप व्यवस्थित बनाई सिकाईमैत्री बनाउन नमुनाका रुपमा ड्रइङ डिजाइन निर्माण गरिएको केन्द्रले जनाएको छ ।
साथै हालका कक्षालाई नै न्युनतम लगानीमा मापदण्ड अनुसार कसरी व्यवस्थापन गर्न सकिन्छ र नयाँ प्ररम्भिक बालविकास तथा शिक्षाका भवन कसरी निर्माण र व्यवस्थापन गर्नुपर्ने छ भन्ने अभिप्रायमा पुस्तिका सार्वजनिक गरिएको हो ।