सिटिइभिटीमा १ सय २६ पदपूर्तिका लागि आवेदन माग

काठमाडौँ /२८ असार- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले खुला, समावेशी र आन्तरिक प्रतियोगता प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।


लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार परिषद् र अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका पदहरूका लागि आवेदन माग गरेको हो ।


परिषद्ले विभिन्न समूह, उपसमूह तथा श्रेणीका पदहरू परिषद्को कर्मचारी सेवा, सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६९ (छैठौँ संशोधन सहित) बमोजिम खुला समावेशी र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट साउन १७ गतेसम्म नियमित शुल्कमा र साउन २४ गतेसम्म दोब्बर दस्तुर आवेदन दिनुपर्ने छ ।


परिषद्को वेबसाइट www.ctevt.org.np को https://jobs.ctevt.org.np मा गई दरखास्त फारम भरी आवेदन दिन सकिने छ ।

Screenshot