काठमाडौँ /११ बैशाख – यस मिडियाबाट उपलब्ध गराइएका सामग्री निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । प्रस्तुत सामग्री विश्वको भूगोलका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यो सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्नेछन् । विश्वको भूगोल सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको छ । यस सामग्रीमा विश्वको भूगोल अन्तर्गत महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता, अवस्थिति, अक्षांश, देशान्तर, अन्तराष्ट्रिय तथा रेखा, समय र दूरी, जलवायु, पर्वतमाला, मरुभूमि , भूकम्प, ज्वालामुखी, नदी र हिमनदीका बारेमा अडियो र भिडियोका रूपमा प्रस्तुत गरिएको छ ।
शिक्षक सेवा आयोगबाट लिइने आधारभूत र माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षालाई आधार मानेर खबर एजुकेशन मिडिया र किताबी संसारको सहकार्यमा यो सामग्री तयार गरिएको हो ।
शिक्षक सेवा आयोग सम्बन्धी भिडियो, प्रश्नोत्तर www.khabareducation.com को शिक्षक सेवा आयोगमा गएर हेर्न सक्नुहुनेछ । साथै नोट तथा प्रश्नोत्तरहरू kitabisansar.com मा पनि हेर्न सक्नु हुनेछ ।