काठमाडौँ /७ मंसिर – शिक्षक सेवा तथा लोकसेवा आयोगको विभिन्न तहका लागि तयारी कक्षा प्रदान गर्दै आईरहेको नेपालको पहिलो ई–लर्निङ्ग प्लेटफर्म ओटीसले शिक्षक सेवा आयोगको परीक्षाको तयारी गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । शिक्षक सेवा आयोगले लिने विभिन्न परीक्षालाई लक्षित गर्दै आयोगका कक्षा तयारी गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
ओटीसले बृहत् छात्रवृत्ति कार्यक्रम सार्वजनिक गर्दै उक्त योजना अन्तर्गत विद्यार्थी चयन गर्नको लागि छात्रवृत्ति परीक्षा हुने र परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्नेलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
छात्रवृत्तिका लागि योग्य मध्यबाट पहिलो ५ जनालाई पूर्ण, दोस्रो ५ जना लाई ५०%, तेस्रो १० जनालाई ३०%, चौथो १० जनालाई २०% र पूर्ण दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूलाई ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थीहरूले यो लिंक https://t.ly/IPzR2 मा गएर फाराम भरिसकेपछि सो योजनामा भाग लिन पाउने छन् । साथै छात्रवृत्ति परीक्षा मङ्सिर १६ गते हुने र अनलाइन बाटै परीक्षा दिन मिल्ने छ ।
ओटीस प्लेटफार्म शिक्षक सेवा आयोग साथै लोक सेवा आयोगले लिने परीक्षाहरूमा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल नेपालको अग्रणी प्लेटफार्म हो जसबाट तयारी गरी हालसम्म हजारौँ विद्यार्थीहरू सरकारी जागिरमा प्रवेश गरिसकेका छन् । भर्चुअल प्रविधि मार्फत कक्षाहरू प्रदान गर्ने उक्त प्लेटफार्म मार्फत दुर दराजमा रहेका विद्यार्थीहरूले उत्कृष्ट प्रशिक्षकहरूबाट प्रदान गरिने कक्षाहरू इन्टरनेटको पहुँच बिनानै पढ्न मिल्ने व्यवस्था मिलाइएको छ ।




