१२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरकारी विद्यालयलाई

काठमाण्डौं/२० फागुन– मोरङको कानेपोखरी गाउँपालिकाले आयोजना गरेको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनकल्याण माविले हासिल गरेको छ ।
कानेपोखरी –७ मा रहेको जनकल्याण माध्यामिक विद्यालयले १२ वटा विद्यालयलाई पछि पार्दै रनिङ शिल्डको उपाधी जितेको छ । जनकल्याण मा.वि.ले ११ वटा खेलमा प्रथम हुनुका साथै ४ वटा खेलमा द्धितीय र ३ खेलमा तृतीय स्थान हात पार्न सफल भएको छ ।


त्यसैगरी सो प्रतियोगितामा कानेपोखरी –६ स्थित जनसेवा माध्यामिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । जनसेवा विद्यालय ८ खेलमा प्रथम, ३ खेलमा द्धितीय र २ खेलमा तृतीय भई दोस्रो पुरस्कारको विजेता बनेको छ भने तेस्रो विजेताको उपाधी भने कानेपोखरी –४ मा रहेको पिनाकल ज्ञान मन्दिर स्कुलले पाएको छ । पिनाकलले ७ वटा खेलमा प्रथम स्थान हासिल गरेको छ भने ७ वटा खेलमा द्धितीय र ५ वटा खेलमा तृतीय हुँदै तृतीय पुरस्कारको विजेता बनेको छ ।
गाउँपालिका भित्रका नीजि र सामुदायिक गरी जम्मा १३ वटा विद्यालयले सहभागीता जनाएको सो प्रतियोगितामा पर्ल एकेडेमी १ खेलमा प्रथम, ३ खेलमा द्धितीय र २ खेलमा तृतीय, रमाइलो बालजगतले २ खेलमा प्रथम, माउण्ट हर्मन चिल्ड्रेन एकेडेमीले १ खेलमा प्रथम, २ खेलमा द्धितिय र ३ खेलमा तृतीय, आर्दश अंग्रेजी स्कुलले ७ खेलमा तृतीय, श्रीमावि भौंसाबारीले ५ खेलमा द्धितीय र ४ खेलमा तृतीय, सिंहदेवी माविले १ खेलमा द्धितीय र १ खेलमा तृतीय, शिक्षा विकास माविले २ खेलमा तृतीय र बाल माविले २ खेलमा द्धितीय, ३ खेलमा तृतीय भएका छन् ।

प्रतियोगितामा नीजि विद्यालयबाट माउण्ट हर्मन चिल्डेन एकेडेमी, बालजगत, पर्लएकेडेमी, आर्दश र पिनाकल ज्ञान मन्दिर गरी जम्मा ५ वटाले सहभागीता रहेको थियो भने सामुदायिक विद्यालयबाट जनसेवा मावि, जनकल्याण मावि, सिंहदेवी मावि, श्रीमावि, शिक्षा विकास मावि, शिक्षा सदन मावि, बाल मावि, श्रीमावि होक्लाबारी गरी जम्मा ८ वटा विद्यालयको सहभागीता रहेको थियो ।