काठमाडौं/२३ माघ–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई दरबन्दी सहित पत्राचार गरेको छ ।
केन्द्रले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ अनुसार सबै इकाइलाई दरबन्दी मिलान गर्न पत्राचार गरेको हो ।
केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले कार्यविधि अनुसार कार्यान्वयन गर्नुका साथै जिल्ला भित्रका स्थानीय तहहरुको संलग्न शिक्षक विवरण अनुसार दरबन्दी व्यवस्थापनको लागि आवश्यक सहजीकरण गर्न निर्देशन समेत दिएको छ । केन्द्रले देशैभरका १२ हजार ८ सय २७ शिक्षकको दरबन्दी पुनर्वितरण गर्ने भएको हो ।