चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन सम्बन्धि सूचना

काठमाडौं/२२ माघ–नेपाल मेडिकल काउन्सिलले यसवर्षको अन्तिम चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन दिन सूचना जारी गरेको छ ।
काउन्सिलले चैत ८ गते लिन लागेको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलाएको हो । परीक्षार्थीहरुले माघ २३ गतेदेखि फागुन २३ गतेसम्म नियमित शुल्कमा आवेदन दिन पाउने छन् भने फागुन २४ र २५ गते बिलम्ब शुल्कमा आवेदन दिन सक्ने काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार परीक्षार्थीहरुले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि परीक्षार्थीहरुले exam.nmc.org.np मा गई दिएको निर्देशन पालना गर्नुपर्ने हुन्छ ।