काठमाडौं/२२ माघ–शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले शिक्षकको तलब भत्ता नपुग भए माग गर्न एक हप्ताको समय दिएको छ ।
आधारभुत तथा माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको लागि तलब भत्ता नपुग भएमा एक हप्ताभित्र लेखि पठाउन स्थानीय तहका लागि केन्द्रले सूचना प्रकाशित गरेको छ ।
केन्द्रका अनुसार हालसम्म ४ सय १८ स्थानीय तहको मात्रै विवरण आएकाले अन्य बाँकी स्थानीय तहलाई तलबी विवरण पठाउन एक हप्ताको म्याद दिइएको हो । केन्द्रले एक हप्ताभित्र कार्यक्रम कार्यान्वय पुस्तिकामा तोकिएको ढाँचामा विवरण पठाउन निर्देशन दिइएको हो ।
केन्द्रले जारी गरेको सूचनामा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइ मार्फत स्थानीय तहका शिक्षा शाखालाई विवरण पठाउने भनिएको छ ।
https://www.doe.gov.np/assets/uploads/files/775c671c9107f0107b7b84e837870163.pdf