स्नातक र स्नातकोत्तर शिक्षाका लागि क्यम्पियन कलेज उत्कृष्ट

ललितपुर/४ भदौ-ललितपुरको सानेपास्थित व्यवस्थानपन संकाय अध्यापन गराउने एक विशेष पहिचान बनाउन सफल कलेजहरुमध्ये एक हो, क्यम्पियन कलेज । त्रिभिुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सिजी एजुकेशन मार्फत सञ्चालित क्याम्पियनमा स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन संकाय, मानविकी संकाय अन्तर्गतका विषयहरुमा अध्यापन हुने कलेज हो । सन् १९९७ मा स्थापना भएको यो कलेज विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ ।


उद्योगका लागि आवश्यक दक्ष मानव संसाधनहरु उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा बढी केन्द्रीत रहेर पठनपाठन गर्ने गरेको छ । सैद्धान्तिक पढाईलाई भन्दा पनि उद्यमी बन्न सहयोग गर्ने र जिवन उपयोगी शिक्षा प्रदान गर्दे आईरहेको छ ।


यस कलेजमा व्यावस्थापन संकायको स्नातक तहमा बीबीए र बिबिएस र मानबिकी संकायको स्नातक तहमा बिएएसडब्लु, बिए (साईकोलोजि) स्नातकोत्तर तहको व्यावस्थापनमा एमबिएस र मानबिकीमा एमए कोर्ष पढाई हुदै आएको छ ।


अहिलेको परिर्वतनशील समाजको आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धताका साथ विद्यार्थीहरुमा नेतृत्वको क्षमता तथा रचनात्मकता उद्यमशीलता विकास गर्ने र भविष्यमा आउन सक्ने चुनौतिहरुको सामान गर्ने सक्ने शिक्षा प्रदान गर्दै आइरहेको छ । कलेजले विद्यार्थीहरुलाई व्यवस्थापनमा उच्च अध्ययनका लागि प्रयत्न आधार बनाउने मात्र काम नगरी विद्यार्थीहरुलाई प्रतिष्ठित व्यतिmत्वको रुपमा समाजमा नेतृत्व गर्न सक्ने बनाउन सहयोगी भुमिका निर्वाह गर्ने गरेको छ ।

यस कलेजले विद्यार्थीहरुलाई उनीहरुमा भएको विभिन्न क्षमतालाई बाहिर ल्याउनका लागि प्रोत्साहित गर्दे सिकाइ प्रभावकारी होस् भन्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ । जसमा सेन्टर अफ एक्सिलेन्स पर्दछ । यसमा विद्यार्थीहरुलाई विभिन्न ६ वटा कार्यक्रममा सहभागी गराईन्छ ।


सैद्धान्तिक कुरामा मात्र विद्यार्थीहरुलाई जोड नदिई प्रयोगात्मक विषयमा पनि जोड दिँदै आईरहेका छ । अहिलेको समयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र हँुदैन भन्ने कुरालाई अनुशरण गरेर कलेजका विद्यार्थीहरुलाई फिल्ड वर्क, ग्रुप वर्क र इन्र्टनसिप गराउने कार्य समेत गर्दै आईरहेका छ ।


व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरुलाई उद्यमशील, प्राविधिक र व्यक्तित्व विकासको सीप र क्षमता विकासमा कलेज क्रियशील छ । कलेजले मासीक रुपमा अनप्लग कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यो काय्रक्रमले विद्यार्थीहरुको प्रतिभा, दक्षता, अनुभव र ज्ञानलाई कलेजमा रहेका शिक्षित, उद्यमी र व्यवसायीहरुको समूहले विद्यार्थीको ज्ञान र भविष्यको पदोन्नति र विकासका लागि उनीहरुका दृष्टिकोणमा परिवर्तन गर्न र सिक्न सहयोग गरेको पाइएको छ ।

क्याम्पियन कलेजले विद्यार्थीहरुलाई सांस्कृतिक शिक्षा तालिम ओरेन्टेसन, काउन्सिलिङ्गका अतिरितm क्रियाकलाप लगायतका अन्य शैक्षिक कार्यक्रमहरु गर्ने गरेको छ । यस कलेजमा सम्बन्धित संकायका शिक्षकहरुले हरेक विद्यार्थीहरुलाई आवश्यकता परेको समयमा सहयोग र परामर्श दिदै आएका छन् । आफ्ना विद्यार्थीहरुलाई सहज महशुस गराउन र अध्ययन पछि पनि उनीहरुको जिवनमा आउने विभिन्न चुनौतिहरुलाई समाधान गर्न तथा जटिल परिस्थितिकोे सामना गर्नका लागि समक्ष बनाउन यस कलेजले विशेष भूमिका खेल्दै आईरहेको र त्यसै अनुसारका नयाँ नयाँ पाठ्यक्रममा आधारीत विषय पनि समावेश गरेको छ ।

कलेज आफ्ना विद्यार्थीहरुका लागि विद्यार्थीहरुका लागि सहज होस भनेर आन्टरप्रेनरसिपको कार्यक्रम सञ्चालन, जब फेयर गरी विभिन्न संस्थाहरुमा विद्यार्थीलाई रोजगार उपलब्ध गराउने गरेको छ । व्यापार र प्रविधि क्षेत्रमा तीव्र गतिमा परिर्वतन भईरहेको समयमा यस कलेजले कोर्सलाई पनि सोही अनुसार परिवर्तन गर्दै लगेको छ ।