विद्यालय कर्मचारीको तलवृद्धि गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनको माग

काठमाडौं /४ भदौं-नेपाल राष्ट्रिय शिक्षक संगठनले अन्य राष्ट्र सेवक, शिक्षक, कर्मचारी सरह नै विद्यालय कर्मचारीहरुको तलब वृद्धि गर्न माग गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले काठमाडौं केन्द्रीत जारी आन्दोलन प्रति एकेबद्धता जाहेर गर्दै विद्यालय कर्मचारीहरुको तलब वृद्धि गर्न माग गरेको हो ।


आज विज्ञप्ति जारी गर्दै भनिएको छ “राष्ट्रसेवक शिक्षक कर्मचारीहरुको समय सापेक्ष तलब वृद्धि संगठनको माग हो । एकातिर तलब वृद्धि संगै एकै तलबमान भएका निजामती कर्मचारी र विद्यालय शिक्षक कर्मचारी वीच ग्रेडदर विभेदपूर्ण तरिकाले फरक फरक गरिएको र सबै राष्ट्र सेवक कर्मचारीहरु तलब वृद्धि हुँदा विद्यालय कर्मचारीहरुको तलब वृद्धि नहुनु ठूलो दुर्भाग्य हो ।”


निजामती कर्मचारी, सेना, प्रहरी र विद्यालय शिक्षक लगायतको सबैको सबै तहको तलब वृद्धि हुने तर विद्यालय कर्मचारीहरुको तलब वृद्धि नहुनु अन्याय रहेको बताउँदै तत्काल अन्य राष्ट्रसेवक शिक्षक कर्मचारी सरह नै सोही मितिबाट विद्यालय कर्मचारीको तलवृद्धि एवं शिक्षकहरुको ग्रेड समायोजन गर्न संगठनले अर्थमन्त्रालयसंग माग गरेको छ ।


“बजेट वक्तव्यले समान १५ प्रतिशतमा तलब वृद्धि गर्ने मान्यता स्वीकार गरीसकेको अवस्थामा विद्यालय कर्मचारीहरुको तलब वृद्धि नभएकाले नेपाल विद्यालय कर्मचारी परिषद्द्धारा काठमाडौं केन्द्रीत जारी आन्दोलन प्रति एकेवद्धता जाहेर एवं यस अन्यय पूर्ण व्यवहारको घोर भत्सर्ना गर्दछौं विज्ञप्तिमा” भनिएको छ ।


साथै संगठनले उठाएका न्याय संगत मागको तत्काल सुनुवाई नभई शिक्षक कर्मचारीहरुलाई हुने अन्याय प्रति जुनसुकै प्रकारका आन्दोलन वा विरोध कार्यक्रमहरु अगाडी बढाउन बाध्य हुने चतावनी दिएको छ ।