जोन्स स्कुलमा नेकोसको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ /४ भदौ-सेन्ट जोन्स स्कुलको व्यवस्थापनमा सामाजिक संस्था नेपाल कोरिया कल्चर एक्सचेन्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) ले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको नेकोसले जोन्स स्कुलको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बुढानीलकण्ठ नगरपालिकावासीलाई लक्षित गरी गरिएको स्वास्थ्य शिविर कार्यक्रममा स्थानीयहरूको उपस्थिति रहेको थियो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित सेन्ट जोन्स स्कुलमा गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा विशेषज्ञ डाक्टरहरू प्रा.डा. अनिल भट्टराई, डा दिनेश प्रसाद कोइराला, उप प्रा.डा सूर्य देवकोटा, डा. रमेश लामिछाने,डा. सरोज कार्की, डा. सरोज चौधरी लगायतले गरेका थिए ।

वयस्क तथा बालबालिकाहरूको लागि भने मुटु सम्बन्धी परीक्षण र बाल रोगलाई बढी प्राथमिकता दिइएको नेकोसका सह–सचिव तथा कार्यक्रम संयोजक इन्द्र महराले बताए । उक्त शिविरको प्राविधिक सहयोग ‘मुटु बचाऊँ नेपाल’ले उपलब्ध गरेका थियो । कार्यक्रमको सह आयोजकको रूपमा शेयरिङ भिजन, फिलामेन्ट भोलिन्टेयर्स क्रप्स नेपाल र आराम फार्मेसी रहेका थिए ।


शिविरमा ६ सय बढीले स्वास्थ्य परीक्षण गरे भने ४ जनाको अवस्था गम्भीर देखिएकोले तुरुन्त उपचारको लागि सुझाव दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *