काठमाडौं/६ साउन-राष्ट्रिय परीक्षा बोर्डले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले अन्तर कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक परीक्षाद्धारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तीस दिन भित्र नियमित शुल्कमा र थप सात दिनभित्र देब्बर शुल्कमा आवेदन दिन सक्ने छन् ।





