छात्रवृत्तिमा बिएस्सी इन्जिनियरिङ अध्ययनका लागि आवेदन माग

काठमाडौं/४ साउन-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले पिटिएपी कार्यक्रम अन्र्तगत बिएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन माग गरेको छ ।


पाकिस्तान सरकारबाट पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्र्तगत बिएस्सी इन्जिनियरिङ विषयमा ६ सिट प्राप्त हुन आएकोले मनोनयनका लागि छात्रवृत्ति सम्बन्धी नियमावली बमोजिम आवेदन माग गरेको हो ।


साथै सम्बन्धीत संस्थाले तोकेको योग्यता पुरा गरेका र त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट २०७८ सालमा लिइएको प्रवेश परीक्षाको योग्यताक्रम सूचिमा रहेका तथा पकिस्तानमा गई अध्ययन गर्न इच्छुक उम्मेदवारहरुले साउन ४ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

https://moe.gov.np/upload_file/files/post/1658248757_1482507777_PTAP-%20BSC%20Engineering%20Notice.pdf