काठमाडौं/१७ असार-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले त्रिवि अन्तर्गतको केही कलेजहरुमा स्नातक तहको कृषि विषयमा निशुल्क छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त दिएका उम्मेदवाहरुको मनोनयन सूची प्रकाशन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, क्याम्पस अफ लाइभ साइन्स र पृथु टेक्निकल कलेजमा स्नातक तहको कृषि विषय निशुल्क छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन सूची प्रकाशन गरेको हो ।
सबै मनोनित उम्मेदवारहरुले तीनप्रति अटोसाइजको फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र सहित असार १७ गतेसम्म मन्त्रालयको छात्रवृत्ति शाखामा सम्पर्क राख्नुपर्ने जनाएको छ ।
यहाँबाट हेर्नुहोस मनोनयन सूची :



