आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता

काठमाडौं /२३ जेठ-सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।


उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि अधिकांश स्थानीय तहले विद्यालयहरु भने आइतबार पनि सञ्चालन गर्ने निर्णय गर्दै आएका थिए । त्यसैगरी विश्वविद्यालयहरुले पनि शैक्षिक क्यालेण्डर प्रभावित हुने भन्दै सञ्चालनमा ल्याएका थिए ।