मध्यपश्चिम विश्वविद्यालयमा उप-प्राध्यापक पदका लागि आवेदन माग

सुर्खेत/२३ जेठ-मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका क्याम्पसहरूका लागि शैक्षिक तथा प्रशासनिक पदहरूमा आवेदन माग गरेको छ । करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो ।


योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले असार २६ गते ३ बजेभित्र नियमित शुल्कमा र दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म आवेदन दिन सकिने छ ।


उपप्राध्यापक (करार)का लागि विभिन्न विषयमा १५ जना, आंशिक शिक्षक एक जना, प्रशासन अधिकृत एक जना र मुख्य सहायक एक जनाका, सहायक प्रशासन एक जनाका लागि आवेदन माग गरेको छ ।