त्रिविले ६३ औं वार्षिक दिवसको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने

काठमाडौं /११ जेठ-त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाले विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागि हुनका लागि विद्यार्थीहरुले विश्वविद्यालयले तोकेको मापदण्ड भित्र रहेर सूचना प्रकाशित गरेको १५ दिनभित्रमा आइपुग्ने गरी शोधपत्र व्याक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, लगायत संलग्न गरी आवेदन दिन सकिने छ ।