अनुगमनमा त्रिविको वेवास्ता,मापदण्ड विपरित विएस्सी सिएसआईटी कलेज सञ्चालनमा

काठमाडौं/१६ असोज-त्रिभुवन विश्वविद्यालयबाट विएस्सी सिएसआईटी विषय अध्ययन अध्यापनका लागि सम्बन्धन लिएका केहि निजी कलेजहरुले मापदण्ड विपरित सञ्चालन गरेको पाईएको छ । विश्वविद्यालयले अनुगमन नर्गदा विएस्सी सिएसआईटी विषय अध्ययनका लागि सम्बन्धन लिएका केहि निजी कलेजहरुले मापदण्ड पुरा नगरी सञ्चालन गरेका छन् ।


उनीहरुले सम्बन्धन लिनका लागि एउटा फाईल पेस गरे पनि कलेज सञ्चालन गर्दा त्रिविको मापदण्ड भन्दा बाहिर गएर सञ्चालन गरेका छन् । यस विषयमा त्रिविले अनुगमन गर्ने कुरा त परै जावस थाहा पाउँदा पनि बेखबर जस्तै चुप लागेर बसेको छ ।


विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको बिएस्सी सिएसआइटी विषयमा विश्वविद्यालयका पदाधिकारीहरू र विएस्सी सिएसआईटी सञ्चालक विचको मिलेमतोमा मापदण्ड विपरीत काम भइरहेको र विश्वविद्यलायले अनुगमन गर्नुको सट्टा थाहानपाए जस्तो गर्ने गरेको स्रोतको दाबि छ ।


स्रोतका अनुसार विश्वविद्यालयले अनुगमन गरिहाले पनि देखाउनका लागि मात्र गर्ने र कलेजसँग मिलेर मापदण्ड पुरा भएको फाईल बनाउने गरेको आरोप छ ।


तर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विएस्सी सिएसआईटी विषय अध्ययनका लागि विद्यार्थीको संख्या धेरै हुने भएका कारण अधिकांश कलेजहरुले मापदण्ड पुरा गर्नमा ध्यान दिनु भन्दा विद्यार्थी सिट संख्या भर्नमा ध्यान दिने गरेका छन् । कतिपय कलेजले विश्वविद्यालयले भर्नाका लागि लिने प्रवेश परीक्षा भन्दा पहिलै कलेजले आन्तरिक परीक्षा लिने र सिट सकिन लाग्यो भन्दै विद्यार्थीलाई अग्रिम भर्नाका लागि दबाब दिने गरेका छन् ।


त्यसैगरी शुल्कको विषयमा पनि एकरुपता देखिदैन कलेजले विभिन्न सेवा सुविधा दिने भन्दै विद्यार्थी भर्ना गर्ने गरे पनि त्यो खालको सेवा सुविधा नपाएको विद्यार्थीहरुको गुनासो छ । एकातिर शुल्क बढी अर्को तर्फ विश्वविद्यलायको मापदण्ड विपरीत कलेज सञ्चालन गर्दा पनि नियमन गर्नुपर्ने विश्वविद्यलाय चुप लागेर बस्ने गरेको छ ।


यस सवालमा त्रिभुवन विश्वविद्यालय विद्यापरिषद्को स्थायी समिति २०७१ असोज २ गतेको बैठकले आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुका लागि विभिन्न मापदण्ड निर्धारण गरेको थियो ।


त्रिविको मापदण्ड अनुसार ४८ कोटा संख्या भएको हकमा २४/२४ को दुइवटा कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । तर अधिकांश कलेजहरुले २४/२४ को दुइवटा कक्षा सञ्चालन नगरी ४८ जना विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर सञ्चालन गर्ने गरेका छन् । तर विश्वविद्यालयलाई २४/२४ दुइवटा कक्षा सञ्चालन भइरहेको देखउने गरेका छन् ।


४८ कोटा संख्या भएको हकमा २४/२४ वटा कम्प्युटर भएको दुईवटा कम्प्युटर प्राक्टिकल ल्याब र २४ वटा कम्प्युटर भएकोमा एउटा प्रोजेक्ट तथा अनुसन्धान कार्यका लागि प्रोजेक्ट ल्याब हुनुपर्ने हुन्छ । विएस्सी सिएसआईटी विषय पढाउने अधिकांश कलेजमा यस्तोे व्यावस्था छैन् ।


त्यस्तै ३६ कोटा संख्या हुने कलेजमा ३६ वटा कम्प्युटर भएको र एउटा कम्प्युटर प्राक्टिकल ल्याब हुनुपर्ने र १८ वटा कम्प्युटर भएको अनुसन्धान कार्यका लागि प्रोजेक्ट ल्याब हुनुपर्ने व्यावस्था छ । तर विश्वविद्यलायले तोकेको यो मापदण्डलाई वेवास्ता गर्दे धेरै कलेजले आफ्नै तरीकाले सञ्चालन गरिरहेका छन् ।


डिजिटललजिक ल्याब र माइक्रोप्रोसेसर ल्याबमा ३ः१ को अनुपातमा डिजिटल लजिक किट्स् र माइक्रोप्रोसेसरकिट्स हुनुपर्ने र ४८ कोटाको संख्या भएकोमा १६/१६ किट भएको दुई वटा ल्याब हुनुपर्ने छ । तर हालको अवस्थामा धेरै कलेजसँग यस्तो खालको ल्याब माइक्रोप्रोसेसरकिट्स छैन । साथै नेटवर्क ल्याबमा आवश्यक पूर्वाधार जस्तै कनफिगरेबल राउटर,स्वीच र केबलहरु नभएको अवस्था मै कलेज सञ्चालनमा छन् ।


त्यसैगरी पूर्णकालिन शिक्षक सम्बन्धमा विश्वविद्यालयले एक जना कोअर्डिनेटर सहित चार वर्षको अवधिमा प्रतिवर्ष प्रति सेक्सन एक जना त्रिवि नियमाअनुसार एमएस्सी सिएसआईटी विषय अध्ययन पुरा गरेको पूर्णकालिन शिक्षक नियुक्ति गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ । कलेजहरुले त्रिवि नियम अनुसार एक जना कोअर्डिनेटर नराखि अरु विश्वविद्यलायबाट एमएस्सी सिएसआईटीसँग मिल्ने तर अरुनै विषय अध्ययन गरेको व्यक्तिहरुलाई पनि राखेको पाइन्छ । केहिले त सिएसआईटी डिग्री नै अध्ययन नभएका लाई समेत राखेका राखेका छन् ।


अधिकांश कलेजको वेबसाइट हेर्ने हो भने व्याक्ति समेत फरक रहेका छन् । उनिहरुले अध्ययन गरेको विषय समेत त्रिविको मापदण्ड अनुसार मिल्दैन । कतिपय कलेजको त राख्नको लागि र नमको लागि मात्र देखाउन त्यास्ता व्याक्ति राखेका छन् ।
कम्प्युटर प्राक्टिकल ल्याब तथा प्रोजेक्ट ल्याबमा रिसेन्ट् कन्फिगिरेशन भएको कम्प्युटर हुनुपर्ने मापदण्ड छ । धेरै कलेजसंग यस्तो खालको पूर्वाधार छैन जसले गर्दा सातौं र आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोजेक्ट तथा इन्टर्न गर्न निकै कठिन भएको छ ।


कलेज अनुगमनमा त्रिवि पदाधिकारीको ठुलो लापरवाही देखिन्छ । कलेजले विश्वविद्यालयको नियम अनुसार मापदण्ड पुरा गरेका छन् कि छैनन् अनुगमन गर्नुपर्नेमा प्रभावकारी अनुगमन हुन नसक्दा कलेज आफ्नो तरीकाले सञ्चालनमा छन् । विश्वविद्यालयको वेवास्ताका कारण यस्ताखालका गतिविधिले गर्दा गुणस्तरीय शिक्षामा असरपरेको छ भने विद्यार्थीको पढाईमा असर परेको छ ।


कलेजहरुको विद्यार्थीलाई सेवा सुविधा दिने भन्दा अभिभावकसँग चर्को शुल्क उठाउने र नाफा कमाउनमा ध्यान देखिन्छ । तर कलेजहरुले ल्याबहरुमा खर्च गर्ने भन्दा पनि भौतिक पूर्वाधारमा बढी खर्च गर्ने त्याही देखाएर विद्यार्थीहरुसँग बढी शुल्क लिने गरेका छन् ।


यता विश्वविद्यलायले समय समयमा निरीक्षण गरी मापदण्ड विपरीत सञ्चालनमा नरहेका कलेजलाई कार्वाही गर्नुको सट्टा उल्टो केहि कलेजहरुलाई ४८ सिट संख्याबाट ७२ बनाउने प्रक्रियामा लागेको छ ।


विश्वविद्यालयका पदाधिकारी बदनियत पूर्वक सिमित कलेजहरूको लागि मात्र सम्भाव्यता अध्ययन समेत नगरी मिलेमतोमा आर्थिक लाभ लिएर आवेदन तथा निरिक्षण शुल्क लिई प्रक्रिया अगाडि बढाएको आरोप छ ।