दशैँ बिदाको समयमा पनि विद्यालयमा पठनपाठन

बैतडी/१६ असोज-बैतडीका दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकाले दशैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दशैँ बिदाको समयमा पनि सबै विद्यालयमा पठनपाठन हुन जनाएका हुन् ।


अघिल्ला वर्षहरुमा चाडपर्वको समयमा दशैँदेखि एक महिनासम्म बिदा दिइएको भए पनि यो वर्ष ६ दिन मात्रै बिदा गर्ने निणर्य गरेका छन् । दुबै गाउँपालिकाले असोज २६ गते फूलपातीका दिनदेखि असोज ३१ गतेसम्म मात्र बिदा गर्ने र आगामी कात्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन गर्ने निणर्य गर्दे सूचना जारी गरेका छन् ।


कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यलाय भदौ अन्तिमबाट खुलेका कारण दशैँ बिदा छोट्टयाएको हो । कूल ५६२ विद्यालय मध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।