तस्बिर साभारः सामाजिक सञ्जाल
डोल्पा /११ असोज-डोल्पाको जगदुल्ला गाउँपालिका–५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार विद्यालय उद्घाटन गरेका हुन ।
१ करोड ७० लाख लागतमा बनेको दलित आवासीय विद्यालयमा कर्णाली प्रदेश सरकारले ६० लाख र १ करोड १० लाख रुपैयाँ गाउँपालिकाको लगानीमा बनेको बनेको हो ।
सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाटन गरेका हुन् । उनीहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्चमध्ये केही रकम जगदुल्ला गाउँपालिकाले व्यहोर्ने भनिए पनिे कति रकम व्यहोर्ने हो गाउँपालिकाले खुलाउन चाहेन ।
विद्यालय उद्घाटनमा मुख्यमन्त्री शाही, उद्योग मन्त्री बुढा र गाउँपालिका अध्यक्ष रोकायालाई स्थानीयले बनाएको ४०/४० किलोको माला लगाइदिएका थिए । अहिले उक्त माला लगाएकोे तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाईरहेको छ।
आवास सहितको निर्माण गरीएको उक्त दलित आवासीय विद्यालय भवनमा २४ वटा कोठा छन् । विद्यालयमा अहिले १५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।



