गण्डकी विश्वविद्यालय द्धारा डीन नियुक्तिका लागि आवेदन माग

कास्की/२८ असार- गण्डकी विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायको डीन नियुक्तिका लागि आवेदन माग गरेको छ । डीन नियुक्तिका लागि सिफारिस समितिले योग्यता पुगेका ईच्छुक व्याक्तिहरुका लागि आवेदन माग गरेको हो ।


ईच्छुक व्याक्तिहरुले सूचना प्रकाशित भएको १५ दिन भित्र गण्डकी विश्वविद्यालयको कार्यलयमा वा ईमेलमा कागजात संलग्न गरी निवेदन पेश गर्न सकिने जनाएको छ ।