काठमाडौं /२८ असार-त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रबाट शैक्षिक उपाधिको मान्यता तथा समकक्षता निर्धारणका लागि पेश गरिएका विद्यावारिधि तहका शोधपत्र विद्युतिय प्रति उपलब्ध गराउन आग्रह गरेको छ ।
केन्द्रमा समकक्षताका लगि पेश गरिएका पिएच.डि तहका शोधपत्र र त्यस सँग सम्बन्धित प्रकाशित लेखको मौलिकता परीक्षणका लागि आवश्यकता भएकोले सोको विद्युतिय प्रति एकल फोल्डरमा केन्द्रमा बुझाउन जानकारी गराएको छ ।
साथै विद्यमान समकक्षता प्रकृयालाई अनलाईन आवेदन प्रणालीमा जोडिएको जानकारी गराउँदै विद्यावारिधि तहको समकक्षता आवेदनसँगै शोधपत्र एंव लेखको विद्युतिय प्रति उपलब्ध गराउन आग्रह गरेको छ ।



