शिक्षकका लागि तत्काल खोप उपलब्ध गराउन राष्ट्रिय सभामा माग

काठमाडौं/२७ असार-राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले शिक्षकका लागि तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्नु भएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै शिक्षकहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गर्नु भएको हो ।


सभामा बोल्दै भन्नु भयो “शिक्षा क्षेत्र तहस नहस छ , ‘नो भ्याक्सिन, नो स्कुल’ भनेर शिक्षकहरु आन्दोलित छन् । भर्चुअल मध्यममा सबै विद्यार्थीहरुको पहँुच पुग्न सकेको छैन तर सरकार बेखबर छ ।”


त्यसैगरी शिक्षकहलाई तत्काल खोप उपलब्ध गराउनु पर्ने र सामुदायिक विद्यालयले भर्चुअल माध्यममा सबै विद्यार्थी समेट्दै शिक्षालाई तहसनहस हुनबाट जोगाउनु पर्ने बताउनु भयो ।