कक्षा ११ को रजिस्ट्रेसन फारम भर्दा समूह हेरेर विषय छनोट गर्न बोर्डको आग्रह

काठमाडौं/ २७ असार- राष्ट्रिय परीक्षा बोर्ड परक्षा नियन्त्रण कार्यलयले पाठ्यक्रम संरचना अनुसार कक्षा ११ मा गणित विषयलाई अनिवार्य वा ऐच्छिक विषयको रुपमा कुनै एक समूहबाट मात्र अध्ययन गर्न सकिने जनाएको छ ।


कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने क्रममा कतिपय विद्यार्थीहरुले गणित विषय अनिवार्य तथा एच्छिक दुबै समूहबाट छनोट गरेको देखिएकोले गणित विषयलाई अनिवार्य वा ऐच्छिक विषयको रुपमा कुनै एक समूहबाट मात्र अध्ययन गर्न सकिने जनाएको हो ।


पाठ्यक्रम संरचना अनुसार अनिवार्य विषयका रुपमा गणित पढ्ने विद्यार्थीले ऐच्छिक विषयका रुपमा गणित पढ्न नपाइने हुँदा दुवैतर्फ आवेदन फारम भरेका विद्यार्थीहरुको ऐच्छिकतर्फ भरिएको गणित विषय स्वतः रद्द हुने जानकारी गराएको छ ।


साथै थप विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले बाँकी रहेको समूहबाट गणित विषय वाहेक अन्य एक विषय छनोट गर्न पाउने सूचनामा उल्लेख गरेको छ ।