काठमाडौं/ ६ असार- शिक्षालाई प्राथमिकतामा राख्दै आएको वालिङ नगरपालिकाले “सामुदायिक विद्यालयको सुधार , बालबालिकाको भविष्यको आधार” भन्ने नाराका साथ अगामि अर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामि आर्थिक वर्षमा नगर शिक्षाको प्रणालीको सुधार गर्दे अब्बल व्यावस्थापकीय क्षमताको विकास एंव सामुदायिक विद्यलाय र संस्थागत विद्यालय वीचको भिन्नताको अत्य गरी असल अभ्यासको आदान प्रधान गर्दे नमुना विद्यालयको निति अवलम्बन गर्ने निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
साथै सामुदायिक र संस्थागत अन्तर विद्यालय अनुभव आदानप्रदान गरी क्षमता विकास तथा सिकाई पद्धतिमा समाञ्जस्या ल्याउन समन्वयकारी भुमिका खेल्ने निति तथा कार्यक्रममा उल्लेख गरेको छ । आगामि आर्थिक वर्षमा सामुदायिक र संस्थागत विद्यालय विचको दुरी घटाई समान बनाउने रणनिति अवलम्बन गरीने जनाएको छ ।
त्यस्तैगरी नगरभित्रका सबै विद्यालयलाई एकै प्रकारको रङ रोगन लगाउने, एकै प्रकारको स्थानीय पाठ्यक्रम लागू गर्ने, आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा माध्यमिक विद्यालयलाई नमूना विद्यालय र ईनोभेशन सेन्टर खोल्दै जाने, सामुदायीक बिद्यालयहरुलाई अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको समग्र ब्यवस्थापन सुधारका लागि बायोमेट्रिक हाजिरीको ब्यवस्था गर्ने जस्ता कार्यक्रम समावेश गरिएको छ ।
विद्यालयलाई बालमैत्री र फरक क्षमता मैत्री बनाउने, सबै माध्यमिक तहमा सेनेटरी प्याडको प्रयोगलाई ब्यवस्थित बनाउन अटोमेटिक सेनिटरी प्याड मेसिन जडान गर्ने ब्यवस्था मिलाउने, स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसका बारेमा जानकारी गराउने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यवस्था मिलाउने, विद्यालयहरुमा स्कूल नर्स कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा योग शिक्षाको विस्तारका लागि शिक्षकलाई तालीम दिने शिक्षा सम्बन्धी नीति तथा कार्यक्रममा समावेश गरिने निति तथा कार्यक्रम घोषण गरिएको छ ।



