काठमाडौं/१६-जेठ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुपन्देहीले प्रतिकुल अवस्थामा पनि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षामा लाकप्रिय र जनमुखी कार्यक्रम प्रस्तुत गरेको भन्दै खुशि व्यक्त गर्दे बजेटको स्वागत गरेको छ ।
बजेटमा शिक्षक,बालविकास र विद्यालय कर्मचारीको तलब वृद्धि,तहगत बढुवा,बैकल्पिक शिक्षामा जोड,विद्यार्थीलाई ल्यापटप खरिदको लागि १ प्रतिशत व्याजमा रकम,योग्यताको प्रमाणपत्रबाट पच्चिस लाख ऋण जस्ता धेरै लोकप्रिय तथा जनमुखी कार्यक्रम प्रस्तुत गरिएको भन्दै स्वगत तथा धन्यवाद ज्ञापन गरेको हो ।
साथै नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देही अध्यक्ष धनिश्वर गौतम र सचिव यज्ञ सापकोटाको हस्ताक्षर रहेको उत्त स्वगत तथा धन्यवाद ज्ञापन पत्रमा शिक्षा सम्बन्धि कार्यक्रमका लागि पहल गर्नु भएको भन्दै का अध्यक्ष बाबुराम थापा र का अध्यक्ष लक्ष्मण शर्मा लगायत दुबै राष्ट्रिय समिति प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुपन्देहीले धन्यवाद व्यक्त गरेको छ ।




