आर्थिक वर्ष ०७८/०७९ मा शिक्षाका कुन कुन क्षेत्रमा कति बजेट

काठमाडौं/१६ जेठ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ । अघिल्लो वर्ष १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बजेट विनियोजन गरिएकोमा यो वर्ष शिक्षामा बजेट वृद्धि गर्दे १ खर्ब ८० अर्ब ४ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषणमा उक्त घोषणा गरेका गर्नु भएको छ ।

कुन कुन विषयका लागि कति कति बजेट विनियोजन गरिएको छ ?

१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ ।

२. प्रारम्भिक बालिविकासका शिक्षक,विद्यालय कर्मचारीका लागि न्यूनतम पारिश्रमिक उपलब्ध हुने यसका लागि पाँच अर्ब ५५ करोड विनियोजन गरेको छ ।

३. सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न ८ अर्ब ७३ करोड रकम विनियोजन गरिएको छ । यसबाट देशभरका ३२ लाख विद्यर्थी लावान्वित हुने छन ।

४. त्यसै गरी आगामि वर्ष पन्ध्र सय सामुदायिक विद्यालय र क्यम्पसकोे भौतिक पूर्वाधार निर्माण गर्न प्रारम्भ गरिने छ ।

५. शिक्षक विद्यार्थी अनुपातका आधारमा शिक्षकको दरबन्दि मिलान गरिने छ । प्राथमिक तहमा बढी हुने दरबन्दि माध्यमिक तहमा रुपान्तरण गरि बढि भएको दरबन्दि मिलाइने छ । माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा विज्ञान,गणित र अंग्रेजि विषयका शिक्षक व्यावस्था गर्न थप अनुदानका लागि २ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।

६.आगामि दुई वर्ष भित्रमा सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोड बेन्ड, इन्टरनेट सेवा पु¥याउने उदेश्यका साथ आगामि आर्थिक वर्षको अन्त्य सम्ममा मुलुक भरका ६० प्रतिशत विद्यालयमा सेवा विस्तार गरिने । विद्यालय जान नपाएका विद्यार्थीलाई घरमै पढ्ने वातावरण बनाउन नेपाल टेलिभिजन मार्फत शैक्षिक कार्यक्रम चलाउने व्यावस्था मिलाइएको छ । वैकल्पिक शिक्षण सिकाइका कार्यन्वयनका लागि १ अर्ब २० करोड विनियोजन गर्ने भएको छ ।

७. सार्वजनिक विद्यालयमा कक्षा ९ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क रङगिन पाठ्यपुस्तक छपाइ गरि शैक्षिक सत्र अगावै निशुल्क वितरण गरिने । कक्षा १२ सम्मका छात्र छात्रालाई निशुल्क पाठ्यपुस्तक र छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण, गर्न ४ खर्ब ७९ करोड विनियोजन गरिएको छ ।

८. जोखिममा परेको,अल्पसंख्यक, लोपउन्मुख,सिमान्तकृत समुदाय तथा विपन्न बालबालिका लगायत १३ हिमालि जिल्लामा माध्यमिक तहका आवसिय विद्यालय सञ्चलन गरिने छ । अपांगता भएका, सहिद परिवार,द्धवन्द पिडित, विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिका लागि बजेट विनियोजन गरिएको छ ।

९.दृष्टि विहिन बालबालिकाको लागि विषयमा निःशुल्क ब्रेल पाठ्यपुस्तक लगायत अधुनिक प्रविधिको सहायताबाट शिक्षा प्राप्त गर्नका लागि व्यावस्था मिलाइने र बौद्धिक अपांगता भएका विद्यार्थीका लागि शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइने छ । त्यसका लागि अवसिय सुविधा सहित प्रत्येक प्रदेशमा एक एक विद्यालय स्थापना गरि सञ्चालनमा ल्याइने छ ।

१०.एक विद्यालय एक स्वास्थ्यकर्मीको निति अवलम्वन गरिने ।

११. सामुदायिक शैशिक शिक्षालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नतिजाको आधारमा अनुदान दिने व्यवस्था गरिने ।

१२. आगामि तिन वर्ष भित्र सबै सामुदायिक विद्यालय,क्याम्पसका कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, खाने पानि ,शौचालय लगायतका वैकल्पिक सिकाइविधि अनुकुलका भवन तथा पूर्वाधार निर्माण गरिने ।

१३. आगामि शैक्षिक सत्रमा आधारभुत तहमा विद्यार्थी भर्ना दर १७ प्रतिशत पु¥याइ अनिवार्य र निशुल्क शिक्षा सुनिश्चित गरिने ।

१४. विश्वविद्यालय अनुदान आयोगलाई राष्ट्रिय योज्ञता परिक्षण,मापदण्ड निर्धारण , विश्वविद्यालयको अनुगमन र नियमन गर्ने सबल र सक्षम निकायमा विकास गरिने छ । विश्वविद्यालय अनुदान आयोग मार्फत वितरण हुने अनुदान वृद्धि गरि १८ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ ।

१५ .महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेज, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामि वर्षमा सञ्चालनमा ल्याइने, योगमाय आयुर्वेदिक विश्वविद्यालय, सुदूरपश्चिमको गेटामा मेडिकल कलेज सञ्चालनमा ल्याइने, कणालि प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गरिने, सिनासलाई सीपयुक्त जनशक्ति तयार गर्न प्राविधिक शिक्षा तथा तालिम परिषद् स्थापनाका रूपमा विकास गर्ने, सिकाइ प्रमाणीकरण, इतिहासको खोज र विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालनमा गरिने ।

१६ . विज्ञान प्रविधि प्रर्वदनका लागि र विज्ञान प्रविधिको जनशत्ति उत्पादन गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामि वर्षमा सञ्चालनमा ल्याइने छ । मकवानपुरको चित्लाङमा इन्जिनियरिङ संकायको पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने ,काभ्रेको पाँचखालमा पूर्वाधार निर्माणको गुरु परियोजना प्रतिवेदन तयार गरि निर्माण कार्य प्रारम्भ गरिने छ । यसका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।

१७ .नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको पूर्ण संरचना गरिने छ ।विपि कोइराला मेमोरियल विज्ञान संग्रालयलाई विपि कोइराला राष्ट्रिय विज्ञान पर्कमा विकास गरिने छ ।

१८. सम्पूर्ण कर्मचारी ,राष्ट्र सेवकको दुइहजारको दरले तलब वृद्धि गर्ने ।