बिद्यालय शिक्षामा ICT पहुचको अवस्था –एक विश्लेषण

चितवन/१३ जेठ-बिद्यालय शिक्षाको पहिलो ICT Master Plan-I(2013/17) कार्यन्वयन भैसकेकोछ। यसको प्रभावकारिता सम्बन्धमा युनेस्को नेपालको सहयोगमा प्रा.डा.गणेशबहादुर सिंहको नेतृत्वमा अध्ययन तथा पुनरावलोकन कार्यदल बनेर सन् २०१९ मा अध्ययन पूरा गरि आफ्नो प्रतिबेदन सार्बजनिक गरेको थियो।जसमा भौतिक पूर्वाधार र इन्टरनेट ,जनशक्ति ,डिजिटल सामग्री र शैक्षिक प्रणालीमा सवलिकरण गर्ने ४ ओटा कार्यक्रमहरुलाई मात्र जोड दिएको थियो र सोहि अनुसार योजना अवधिमा केहि महत्वपूर्ण कामहरु पनि सम्पन्न भएकाछन्।

हिजो मात्र वागमति प्रदेशले आयोजना गरेको ICTMaster Plan -II को भर्चुवल अन्तरक्रिया कार्यक्रममा सहभागी हुने निम्तो सहित मेलमा प्राप्त भएको उक्त ICTMaster Plan -Iको रिभ्यु रिपोर्टलाइ नियाल्ने अवसर प्राप्त भयो । अध्ययन पश्चात हाम्रो सार्बजनिक बिद्यालयमा ICTको प्रयोग ,पहुच र प्रवाभकारिता वारे केहि लेख्न मन लाग्यो।

प्रतिवेदनले चित्रण गरेको सार्वजनिक बिद्यालयको ICT को पहुचका केहि महत्वपूर्ण सुचांकहरु मात्र यहाँ औल्याउंने जमर्को गरेकोछु।बिद्यालयको ICT पहुचको SWOT विश्लेषणका लागि सान्दर्भिक नै हुनसक्दछ भन्ने बिस्वास लिएकोछु। यद्यपि यो २ वर्षमा पनि केहि प्रगति अवस्य भएको छ नै।मुलुक भर झन्डै ३५,६०१ बिद्यालयहरु मध्ये ICT Master Plan -I कार्यान्वयन अवधिमा जम्मा १०५३ ओटा श्रोतकेकेन्द्र बिद्यालयहरु सहित प्रति वर्ष २०० बिद्यालयमा रु ६,५०,००० को दरले ICT अनुदान दिने लक्ष्य लिएकोमा पछिल्ला वर्षहरुमा यसको क्षमता बढाएर वार्षिक १,००० बिद्यालयमा पुर्याउने लक्ष्य कायम भएको स्थिति आत्मसात गर्दा पनि सबै बिद्यालयमा यो सुविधा पुग्न वर्षौं लाग्ने अनुमान गर्न सकिन्छ।यस वीचमा निजि क्षेत्र र गैरसरकारी निकायवाट पनि ICT व्यवस्थापनमा लगानी तथा अनुदान सहयोग भएको तथ्यांक पनि छ । यो सहयोगको तथ्यांक पनि झन्डै ४० % रहेको कुरा उल्लेख छ ।एनसेल र नेपाल दुरसंचार प्राधिकरणवाट पनि माध्यमिक बिद्यालाहरुलाई ठूलो सहयोग भएको कुरा पनि स्मरणीय छ ।

यसविचमा सरकारले विभिन्न कक्षा र विषयको गरि जम्मा ७० प्लस बिषयको Interactive digital content निर्माण भएको अवस्था पनि विचारणीय छ,यधपी कोभिडका कारण यस क्षेत्रमा गत वर्ष ठूलो परिमाणमा प्रगति भएको छ ।

पूर्वाधारको यो समस्या एकातिर छ भने हामी शिक्षकहरु सङ्ग पनि ठूलो समस्या रहेको देखिन्छ। यस विचमा कर्मचारी सहित ५००० जना प्रशिक्षक र २०,००० प्लस शिक्षकहरुले ICT को तालिम प्राप्त गर्ने अवसर पाएकछन्। अहिले सम्म बिद्यालयका  शिक्षकहरु मध्ये जम्मा ७६.६% सङ्ग मात्र ICT नीतिहरुको न्युनतम ज्ञान रहेको तथ्य प्रतिवेदनमा उल्लेख गरिएकोछ अर्थात एकचौथाई शिक्षकहरुमा अझै यसको ज्ञानको कमि रहेको देखिछ । जम्मा ५३.२ % शिक्षकहरु मात्र फाइल शेयारिंग र प्रिन्ट गर्ने क्षमता राख्दछन । इन्टरनेट डाटा बेसमा जम्मा २७.७ % ले मात्र सुविधाजनक पहुच राख्दछन । डिजिटल पाठ्यक्रममा जम्मा ५३.४ % ले पहुच वनाएकाछन् ।

हाल सम्म बिद्यालयमा विद्यार्थी मुल्यांकनमा ICT को प्रयोग जम्मा २० % बिद्यालयहरुले मात्र गरेको स्थिति छ । ४६.६ % शिक्षकहरुले बिद्यालयमा ICT को प्रयोगलाइ अत्यावश्यक हो भनेर महत्व दिन्छन I अहिले सम्म शिक्षकहरु मध्ये ३९.९% ले स्मार्ट फोन चलाउदैनन् भन्ने तथ्यांक छ I कक्षा कोठामा डिजिटल सामग्रीको प्रयोग गरि शिक्षण गर्ने शिक्षकहरुको सङ्ख्य जम्मा २८.२ % मात्र रहेको छ। अर्को तिर कम्प्युटर संचालन गर्न मिल्ने बिधुत सेवा र क्षामता जम्मा ५०.७ % मात्र रहेको प्रतिक्रिया दिएकाछन् । यस्तो अवास्थामा स्मार्ट बोर्ड ,त्याव्लेट तथा प्रोजेक्टरको प्रयोगको बिस्तार आफैंमा चुनौतिपूर्ण छ ।जवकी एमएस् ओर्ड,पाओरप्वाईन्ट,एक्सेलशीट,ईमेल,भोडियो सहितको न्युनतम कम्प्युटर ज्ञान २५ % शिक्षकहरु सङ्ग मात्र रहेको तथ्यांक छ ।विद्यालयका प्रधानाध्यापकहरु स्वयम् पनि ३० % ले मात्र ICT मा दक्षता राख्दछन ,धेरै त अरुकै साहारामा काम गर्दछन् । यहि कारणवाट विद्यालयको EMIS  जम्मा ७३ % ले मात्र अध्यावधिक गरेको देखिन्छ। यो समस्या सामुदायिकतर्फ मात्र होइन संस्थागत तर्फ समेत उत्तिकै चुनौतीपूर्ण अवस्थामा नै छ ।

अर्को तिर विद्यार्थीको इन्टरनेट पहुच झनै महत्वपूर्ण पक्ष हो। सामुदायिक विद्यालयका विद्यार्थीको पहुच र क्षमतालाई पनि राज्यले ख्याल गर्नु पर्दछ। जव सम्म प्रत्येक विद्यार्थीले इन्टरनेट र मोवाइल वा ट्यावको सुबिधा पाउदैनन ,बिद्यालय पूर्वाधार बिकास भएर मात्र पुग्दैन। उनीहरुको लागि डिजिटल कन्टेन्ट र मोवाइल एप्सहरुको निर्माण र उपलव्धता पनि अत्यावश्यक छ।डिजिटल कन्टेन्टको निर्माण गर्दा ठूलो राशिको मुद्रण खर्च वचत हुने पक्ष भने सुखद रहन सक्छ होला।

मोसफलमा अनलाइन शिक्षणको वकालत चलिरहदा माथिका समस्या र चुनौतिहौलाई कसैले देखेको छैन।त्यसकारण यथार्त धरातलमा रहेर मुद्दा उठान गर्न सके त्यसले समाधान पहिल्याउने सम्भावना रहन्छ । हामी शिक्षकहरु ICT शीपमा सक्षम हुनु पर्ने कुरा आत्मसात गर्दै बिद्यालयमा भरपर्दो इन्टरनेट पूर्वाधार विकास गर्न सबै क्षेत्रको ध्यान केन्द्रिकृत हुनु जरुरी छ । सबै मिलेर विपदमा आआफ्ना विविधतायुक्त परिस्थिति अनुकुल गर्न सकिने प्रयास गरौ, आफ्नै परिवेस सुहाउदो बैकल्पिक पठनपाठनमा जुटौ ।

हाल ICTMaster Plan -II (2021/26) को निर्माण कार्य जारि रहेको छ ।८ क्षेत्रगत बिकासका लागि ८० वटा प्रयासहरु मार्फत डिजिटल नेपालको ढांचालाइ कार्यान्वयन गर्ने नीति अवलम्वन गरेको ICTMaster Plan -II मा कोभिडले सिकाएको नयाँ अनुभवलाइ आत्मसात गरि स्थानीय तह सम्म ICTPlan को नेतृत्वलाई स्वीकार गरि पहिलो योजनाको अनुभव संगठित गर्दै द्रुततर गतिमा हरेक बिद्यालयमा इन्टरनेट पूर्वाधार सहित एक ICT स्टुडियो निर्माण गर्ने लक्ष्यलाई प्रस्ताव गरिएको छ Iसङ्घ ,प्रदेश र स्थानीय तहको संयुक्त नेतृत्व ,लगानी ,र अनुगमन रहने गरि बिशेष गरि ४ वटा प्राथमिक कुराहरु  गुणस्तरीय र एकीकृत डिजिटल सामग्रीको पहुच,इन्टरनेट र बिधुत सहितको भर पर्दो पूर्वाधार ,दक्ष प्राविधिज्ञको व्यवस्था र प्रवाभकारीEMIS शैक्षिक प्रणाली को बिकास र कार्यान्वयन गर्न वजेटको आकार वढाएर छिट्टै डिजिटल बिद्यालय स्थापना गर्ने लक्ष्य लिएको छ। आशा गरौ दोश्रो मास्टर प्लान संगै हामीहरु डिजिटल विद्यालयको पहुचमा पुग्ने छौ र सबै खाले विपतमा पनि हाम्रो पठनपाठन निर्वाद चलिरहेको हुनेछ ।

सन्दर्भ सामग्री :

  1. ICT in Education Master Plan I, Review Report,UNESCO, Kathmandu by Prof. Ganesh Bdr. Singh
  2. ICT Education Master Plan-II (2021-2026), presentation slides by Rom Kant Pandey
  3. Information Technology Bill 2019
  4. ICT  policy 2072

(डा.हरिप्रसाद कंडेल भीमोदय नमूना माध्यामिक विद्यालय कालिका–५ चितवनका प्रधानाध्यापक हुन् ।)