सुर्खेत /१३ जेठ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) कर्णाली प्रदेशले संचालन गरेको अक्सिजन सिलिन्डर बैंक अभियान मार्फत संकलन भएको रकमबाट अक्सिजन सिलिन्डर खरिद गरि आज हस्तान्तरण गरिएको छ ।
पुर्व मेची देखि पश्चिमी महाकालीसम्मका व्यत्तिहरुको सहयोगमा संकलित भएको रकम रू.१,५९,६०० र केन्द्रीय प्याब्सनबाट प्राप्त सहयोग रू.१,४०,००० जम्मा रकम रू.३,१५,००० को २० वटा अक्सिजन सिलिन्डर खरिद गरि प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको हो ।
२० वटा अक्सिजन सिलिन्डर खरिदको लागि १४ हजारका दरले जम्मा रु २,८०,००० खर्च भएको, रिफिल गर्दा रू.२०,००० र नेपालगन्ज देखि सुर्खेत सम्म ढुवानी खर्च रू.१५,००० गरी जम्मा रु तिन लाख पन्द्र्र हजार लागेको प्याब्सन कर्णाली प्रदेशले जानकारी दिएको छ ।
प्याब्सन केन्द्रीय कार्यसमितिका सल्लाहकार सागर भुषाल ,केन्द्रीय उपाध्यक्ष बालदिप कँडेल ,केन्द्रीय सदस्य कल्पना कार्की ,सल्लाहकार पुर्ण नेपाली ,जिल्ला अध्यक्ष बेदप्रकाश ढकाल ,सचिव हुमलाल भट्टराईको उपस्थितमा प्रदेश अस्पतालका मेसु डाक्टर डम्बर खड्कालाई हस्तान्तरण गरिएको प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले बताउनु भयो ।
हस्तान्तण कार्यक्रम प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीको अध्यक्षयतामा सम्पन्न भएको थियो भने अभियानमा सहयोग गर्ने सबै सहयोगी हातहरूलाई धन्यवाद दिनु भयो ।

प्याब्सन ,कर्णाली प्रदेशले संचालन गरेको अक्सिजन सिलिन्डर बैंक अभियानमा सहयोग गर्ने दाताहरूको नामवली :-
१)आशिष श्रेष्ठ : ३०००/–( के.सल्लाहकार )
२)दिपिका थापा : ५०००/–(के.उपाध्यक्ष )
३)नवराज गुरूङ : ३०००/–(पूर्व के.उपाध्यक्ष )
४)थकिन गुरूङ : २०००/–(बागमती प्रदेश अध्यक्ष )
५)सुवास थापा : ३०००/–(अध्यक्ष ,दैलेख )
६)जीवन पौडेल : २०००/–(निर्देशक ,जेएस.फेसन,काठमाडौं )
७)निर्मला खडका कुवर : १०००/–(केन्द्रीय सदस्य )
८)कैलास के मल्ल : १०००/–(नगर अध्यक्ष ,ललितपुर )
९) गोपाल कार्की : ३०००/–( के.उपाध्यक्ष ,प्रदेश २)
१०)नैनसिंह खत्री : ३०००/–(अध्यक्ष ,कर्णाली )
११) कुमार घिमिरे : ४०००/–(के.महासचिव )
१२) गोपाल आचार्य : ५०००/–(के.उपाध्यक्ष )
१३)आसा खड्का : २०००/–(के.स–कोषाध्यक्ष )
१४)पुर्षोतम दाहाल : ५०००/–(निर्देशक, टाइम्स पब्लिकेसन्स )
१५)बसन्त कठायत : ५०००/–(केन्द्रीय सदस्य )
१६)कृष्ण खनाल : ५०००/–(के.सल्लाहकार )
१७)युवराज वशिष्ठ : २०००/–(अध्यक्ष ,प्रदेश १)
१८) नारायण घिमिरे : ५०००/–(के.उपाध्यक्ष )
१९) गणेश क्षेत्री : ३०००/–(पर्वत)
२०)लक्ष्य के.सी. : ५०००/–(पुर्व केन्द्रीय अध्यक्ष ,प्याब्सन )
२१)गोपाल वश्यालः५०००/–(कर्णाली साइन्स हाउस)
२२)जीवन श्रेष्ठ : १०,०००/–(एम.डी.वेदान्त पब्लिकेसन्स )
२३)विकास कर्माचार्य : १०००/–(अध्यक्ष ,इलाम)
२४)जनक बि.सी. : ५०००/–(प्रिन्सिपल ,मोर्निङग स्टार )
२५)क्षितिज गौतम : ५१००/–(क्षेत्रीय म्यानेज ,टाइम्स पब्लिकेसन्स )
२६)खेम सारू : २५००/–(पाल्पा,प्याब्सन )
२७)हुमलाल भट्टराई : १०००/–(सचिव ,प्याब्सन सुर्खेत )
२८)बालदिप कँडेल : ५०००/–(उपाध्यक्ष,केन्द्रीय प्याब्सन )
२९) ग्रेस श्रेष्ठ : ३०००/–(स–कोषाध्यक्ष ,केन्द्रीय प्याब्सन )
३०) संगीता सिलवाल : ५०००/–(सचिव ,केन्द्रीय प्याब्सन )
३१)कृष्ण अधिकारी : ५०००/–(उपाध्यक्ष ,केन्द्रीय प्याब्सन )
३२)मिठु शाही : ३०००/–(पुर्व उपाध्यक्ष ,प्याब्सन कर्णाली प्रदेश)
३३)जय बहादुर थापा : ३०००/–(अध्यक्ष ,रूकुम)
३४)नर बहादुर खड्का :२०००/–(अध्यक्ष ,जाजरकोट )
३५)बेदप्रकाश ढकाल : २५००/–(अध्यक्ष ,सुर्खेत )
३६)हरेन्द्र लावती : २०००/–(केन्द्रीय सदस्य )
३७)झलक बुढा : २०००/–(स–सचिव,प्रदेश कर्णाली )
३८)अनिता भण्डारी : ३०००/–(संस्थापक,रूकुम पश्चिम विजयश्वरी स्कुल)
३९)हर्क बहादुर भण्डारी : ३०००/–(संस्थापक ,रूकुम पश्चिम ,विजयश्वरी स्कुल )
४०)सागर भुषाल : ५१००/–(केन्द्रीय सल्लाहकार )
४१)नोख बहादुर खत्री : १५००/–(सचिव,कर्णाली प्रदेश)
४२)सीताराम पौडेल :२०००/–(पुर्व केन्द्रीय सदस्य )
४३)लोकेन्द्र जैसी : २०००/–(अध्यक्ष ,डोल्पा )
४४)कल्पना कार्की :३०००/–(केन्द्रीय सदस्य )
४५)चन्द्र बहादुर क्षेत्री :३०००/–(बर्दिया )
४६)निर्मल उपाध्याय :३०००/–(प्याब्सन ,केन्द्रीय सल्लाहकार )
४७)युडेन भण्डारी :३०००/–(सल्लाहकार , प्याब्सन ,रूकुम पश्चिम )
४८)पुर्ण भण्डारी :१०००/–(नगर उपाध्यक्ष ,प्याब्सन ,वीरेन्द्रनगर ,सुर्खेत )
४९)कृण्ण शर्मा :१५००/–(उपाध्यक्ष ,प्याब्सन ,सुर्खेत )
५०)प्याब्सन ,केन्द्रीय कार्यसमिति :१,४०,०००/–
५१) दल बहादुर गरूङ : ३००१/–(अध्यक्ष ,वीरेन्द्रनगर नगरपालिका ,सुर्खेत )



