काठमाडौं /२६ बैशाख- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन गर्न सबै स्थानीय तहहरुलाई परीपत्र जारी गरेको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्राप्त गरेका विद्यालयहरुले तोकिए बमोजिमको कार्यक्रम कार्यन्वयनका लागि सबै स्थानीय तहहरुलाई परीपत्र जारी गरेको हो ।
देहाय अनुसार कार्यक्रम कार्यन्वयन गर्न गराउन भनिएको छ ।





