काठमाडौं /२६ बैशाख – कोरोना महामारीको दोस्रो लहरका बिच स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको नेपालको पहिलो र शैक्षिक मेलाहरु मध्यको सबै भन्दा ठुलो बृहत भर्चअल शैक्षिक मेला “नेपाल स्कुल मेला” शुरु भएको छ ।
बैशाखको २३ गते देखि भर्चुअलको माध्यमबाट सुरु भएको मेला जेठ महिना भर संचालन हुने छ । मेलामा स्कुल तहको प्रि लेबल देखि माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गरि उचित सूचना तथा परामर्श दिइने छ ।
प्याब्सन र कलेज रिडर्सको संयुक्त पहलमा आयोजना गरिएको नेपाल स्कुल मेलाको उद्घाटन प्याव्सन तथा हिसानका पूर्व अध्यक्ष माननीय उमेश श्रेष्ठले गर्नु भएको थियो । मेलाको अध्यक्षता प्याब्सन केन्द्रका अध्यक्ष टिकाराम पुरीले गर्नु भएको थियो भने हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल बिशेष अथितिका रुपमा रहनुभएको थियो ।
उद्घाटन कार्यक्रममा कोरोना महामारिका कारण सबै भन्दा बढी शैक्षिक क्षेत्र ठुलो मारमा परेका भन्दै सम्पुर्ण शैक्षिक सरोकारवालाहरुलाई नआतिन उमेश श्रेष्ठले सबैलाई आग्रह गर्नु भयो । यस्तो अबस्थामा जुन उदेश्यका साथ नेपाल स्कुल मेलाको आयोजना गरिएको छ त्यो सारै सह्रानिय र समय सुहाउदो रहेको र घरमै बसेर भर्चअल को माध्यमबाट आफुले चाहेको स्कुल छान्ने यो सुनौलो अवसर हो श्रेष्ठले बताउनु भयो ।
भर्चअलको माध्यमबाट संचालनमा आएको यस नेपाल स्कुल मेलाले शिक्षा क्षेत्रमा अत्यन्त सकारात्मक सन्देश फैलाउने तथ बृहत सहभागिता प्राप्त गर्ने हिसानका अध्यक्षा रमेश कुमार शिलवालले बताउनु भयो । विद्यार्थीहरु, अभिभावकहरू, तथा सरोकारवालाहरुले एउटै प्लेट फर्म बाट स्कुलहरुको पुर्वाधार, शैक्षिक गुणस्तर, नतिजा, लगायतका बिषयहरुमा तुलना गरि आफ्नो निर्णय लिन सहयोगी हुने सिलवालले बताउनु भयो ।
उद्घाटन समारोहमा प्याब्सन केन्द्रका अध्यक्ष टिकाराम पुरीले कोभिड –१९ महामारिका कारण विद्यार्थी तथा अभिभावकहरु स्कुलको भौतिक रुपमा भ्रमण गर्न नसक्ने तथा उपयुक्त जानकरी पाउन मुस्किल भएकाले अन्यौल भैरहेको अवस्थामा प्याब्सन र कलेज रिडर्सको सहकार्यमा भएको यो नेपाल स्कुल मेलाले विद्यार्थी तथा अभिभावकहरुमा आसाको किरण फैलाउने बताउनु भयो ।
भन्नु भयो “घरमै बसेर इन्टरनेटको माध्यमबाट उपयुक्त सूचना संकलन गर्ने, अन्तरक्रिया गर्ने र स्कुल छान्ने, भर्ना फारम भर्न मिल्ने गरि नेपाल स्कुल मेला आयोजना गरियको हो । ३६० डिग्रीबाट खिचिएको स्कुलको खेलकुद मैदान, रिसेप्सन, बिज्ञान तथा कम्प्युटर प्रयोगशाला, कक्षाकोठा, सेमिनार हल, मिटिङग हल, चमेना गृह लगायत भौतिक पुवाधार सहितको भर्चुअल टुरले विद्यार्थी तथा अभिभावकहरुलाई आफै स्कुल पुगेको महसुस हुनेछ ।”
भर्चुअल मध्यमबाट हुने यस मेलाले स्कुलमा पढ्ने विद्यार्थीहरुलाई घरमा बसेर स्कुल छान्नको लागि सहज हुनुको साथै महामारीको समय सदुपयोग हुने कुरा एन–प्याब्सनका महासचिब सुबास न्यौपाने बताउनु भयो ।
उक्त कार्यक्रममा “भर्चुअल ईडुफेयर नेपाल”का पूर्व संयोजक तथा हिसानका सचिब रामहरी सिलवालले बिगत १५ वर्ष देखि नेपालको शैक्षिक क्षेत्र नियाल्दै गतिविधि प्रकाशित गर्दै आएको अंग्रेजी पत्रिका कलेज रिडर्सले कोभिड -१९ महामारीका बिचमा +२ स्कुल र कलेज लक्षित दुई ठुला भर्चुअल शैक्षिक मेलाहरु सफलता पूर्वक सम्पन्न गरी १० लाख भन्दा बढी विद्यार्थीहरुले उक्त मेला अवलोकन गरिसकेकाले यो नेपाल स्कुल मेला पनि सफल हुने आशा रहेको व्यक्त गर्नु भयो ।
प्याब्सनका महासचिव कुमार घिमिरे र हिसानका केन्द्रिय सदस्य आर. बि. अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने प्याब्सनका सहअध्यक्ष डि.के ढुंगानाले स्वागत मन्तव्य राख्नु भएको थियो । प्यब्सन केन्द्रकी उपाध्यक्ष तथा मेलाकि संयोजक दिपिका थापा रिमालले उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।
नेपाल स्कुल मेलामा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका गरि अहिले सम्म १५० भन्दा बढी स्कुलहरुको सहभागिता रहेको छ । पाँच लाख भन्दा बढी विद्यर्थी तथा अभिभावकहरुले मेला भ्रमण गर्ने लक्ष्य राखिएको उत्त मेलाको www.nepalschool.com मा लगइन गरी भ्रमण गर्न गर्न सकिने छ ।



