परीक्षामा सहभागी हुन पाउने समय थप गर्ने पोखरा विश्वविद्यालयको निर्णय

पोखरा /२४ बैशाख – पोखरा विश्वविद्यालयले शैक्षिक सत्र अनुसार समेष्टर, ट्राइमेष्टर र वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन गर्ने परीक्षाहरुको परीक्षामा सहभागी हुन पाउने समय अवधि थप गर्ने प्राज्ञिक परिषद्को बैठकले निर्णय गरेको छ ।

कोभिड-१९ का कारण विश्वविद्यालयबाट नियमित रुपमा सञ्चालन गरिने परीक्षाहरु स्थगीत भएका कारण विद्यार्थिहरु समेष्टर, ट्राइमेष्टर र वार्षिक परीक्षाबाट वञ्चित हुनु पर्ने अवस्था दिखिएकोले विद्यार्थीलाई परीक्षामा सहभागि हुन पाउने गरी समय अवधि थप गरिएको हो ।

विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकको नर्णय अनुसार ४ वर्ष कोर्षको ८ वर्ष,२ वर्षको ४ वर्ष सम्म परीक्षामा सहभागि हुन पाउने व्यावस्था भएपनि हाललाई परिवर्तन गरी ४ वर्ष स्नातक तहको हकमा वार्षिक २ समेष्टरका दरले ८ सेमेष्टर र थप ८ गरी १६ सेमेष्टरसम्म परीक्षामा सहभागि हुन पाउने व्यावस्था गरेको छ ।

२ वर्षे स्नातक तहको सेमेष्टर प्रणलीको हकमा वर्षिक २ सेमेष्टरका दरले ४ सेमेस्टर र थप गरी ८ सेमेष्टरसम्म परक्षिामा सहभागि हुन पाउने र थेसिसको हकमा अन्तिम सेमेष्टरको पररिक्षा समाप्त भएको मितिबाट एक वर्षको समयअवधि सुपरभाईजरको सिफारिसमा थप हुने छ ।

२ वर्षे स्नातकोत्तर कार्यक्रमको ट्राईमेष्टरको हकमा १ वर्षमा ३ ट्राईमेष्टरका दरले ६ ट्राईमेष्टरलाई थप ६ गरेर १२ ट्राईमष्टर सम्म परीक्षमा सहभागि हुन पाउने निर्णय गरेको छ । जिआरपिको हकमा अन्तिम ट्राईमेष्टरको परक्षिा समाप्त भएको मितिबाट १ वर्षको समयवधिमा सुपरभईजरको सिफारिसमा उपलब्ध हुन सक्ने जनाएको छ ।

त्यसै गरी ४ वर्षे स्नातक तहको वार्षिक प्रणलिमा वार्षिक ४ वटा र थप गरेर जम्मा ८ वटा परीक्षामा सहभागि हुन पाउने छन् ।

कोभिडका कारण थेसिसको सब्मिसनको सन्दर्भमा स्नातकोत्तर तथा एमफिल तहमा विश्वविद्यालयको नियमानुसार सबै विषय उत्र्तिण भई थेसिसको काम गरिरहेका विद्यार्थिको हकमा गत वार्ष २०७६ चैत्र ११ शुरु भए देखि २०७७ फागुन १२ सम्मको अवधि ५ वर्ष नाघेका विद्यार्थिहरुका लागि २०७८ भादौ १४ सम्म समय सिमा थप गर्ने विश्वविद्यालयले निर्णय गरेको छ ।