शैक्षिक वर्ष २०७८ का लागि विद्यालय तहका पाठ्यपुस्तकको मूल्य निर्धारण (मूल्य सहित)

काठमाडौं /२३ बैशाख – पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७८ का लागि विद्यालय तह कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ ।

केन्द्रले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यस वर्ष पनि कायम भएको जनाएको छ ।

शैक्षिक वर्ष २०७८ मा लागु हुने कक्षा १ देखि ८ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा ९,१० का पाठ्यपुस्तक (संस्कृत धार) समेत को विषयगत पृष्ठ संख्या र मूल्य विवरण सार्वजनिक गरेको छ ।

साथै पाठ्यपुस्तक छपाइ,बिक्री वितरण, खरिद गर्दा पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्यमा गर्नुहुन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।