पाठ्यक्रम सम्बन्धि रीटको सुनुवाई आजपनि स्थगित


कामाण्डौ /१३ पुस – नयाँ पाठ्यक्रम लागु नगर्न भन्दै सर्वोच्च अदालतमा हालिएको रिटको पेसी आज पनि स्थगित भएको छ ।

रीटको पछिल्लो सुनुवाइ गर्ने दिन आजलाई तोकीए पनि दैनिक पेसी सूचिबाटै स्थगित गरेकोे स्रोतले जनाएको छ । साथै अब सुनुवाई कहिले गर्ने मिति बेलुका मात्र तय हुने जनाएको छ ।

गत कार्तिक २० गते सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ लाई कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेश जारी गरे पनि सुनुवाई नहुदा शैक्षिक संस्था,विद्यार्थी अन्योलमा परेका छन ।