काठमाडौ /१० पुस – कोभिड १९ को खोप तयारीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षकहरुको विवरण संकलन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभागबाट कोभिड -१९ को खोप तयारीका लागि सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुको नामावली माग गरेको हुनाले छुट्टाछुट्टै विवरण पठाउन सबै स्थानीय तहमा रहेका शिक्षा शाखालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।
साथै शिक्षण संस्थामा कार्यरत बालविकास सहयोगी कार्यकर्ता देखि लिएर सस्थागत विद्यालयको मन्टेश्वरी स्तरसम्मको सबै शिक्षक कर्मचारीको विवरण नछुटाई विवरण पठाउन निर्देशन दिएको छ ।



