काठमाडौ /१० पुस – त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०७७ /७८ को विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षाको मिति तय गरेको छ ।
स्नातक तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि सुचान प्रविधिको आधारमा कम्पुटर विधि मार्फत प्रवेश परीक्षा संचालन गर्न लागेको हो ।
साथै सुचान प्रविधिको आधारमा कम्प्युटर विधि मार्फत संचालन हुने प्रवेश परिक्षाका प्रश्नहरु वस्तुगत हुने र प्रश्न संख्या १०० हुने जनाएको छ । सरकारको स्वास्थ्य मापदण्ड पालनागरी तोकिएको समय र सिफ्ट अनुसार संचालन गरीने त्रिविको सुचनामा भनिएको छ ।



