शिक्षण सिकाई प्रभावकारी बनाउन स्थानीय तहमा रकम पठाउने निर्णय


काठमाडौ /६ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहमा सञ्चार सञ्जालीकरण, कर्यविधि २०७७ कार्यान्वयनको लागि निर्देशन दिएको छ ।

विद्यालय तहमा सञ्चार सञ्जालीकरण गरी शिक्षण सिकाई प्रभावकारी बनाउन सबै स्थानीय तह, ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई, र सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

साथै कार्यविधि अनुरुप विद्यालय तहमा क्लोजर युजर ग्रुप निर्माण तथा कार्यान्वयनकको लागि आवश्यक रकम स्थानीय तहमा पठाउने मन्त्रालयले निर्णय गरिसकेको केन्द्रले जानकारी दिएको छ ।

सो कार्यविधिमा उल्लेख भए अनुसार विधि तथा प्रकृयाको आधारमा विद्यालय सञ्चार सञ्जालीकरणको निर्माण तथा कार्यन्वयन गर्न सबैलाई जानकारी दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाका शाखा अधिकृत भूवनेश्वर जोशी ले जानाए ।